करो़डौँ रुपियाँको प्राचीन विष्णुको मूर्तिसहित 2 जना पक्राउ

सिलगढी : एसओजी तथा बाघडुग्रा थाना पुलिसले सादा पोशकमा अभियान चलाएर मूल्यवान प्राचीन विष्णुको मूर्ति उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू क्रमैले जलपाईगढी निवासी इस्माइल हक (35) र कुचबिहार निवासी अनुप मण्डल (40) सामेल छन्। प्राप्त जानकारी अनुसार बाघडुग्राको गोसाईपुरमा उक्त प्राचीन विष्णुको मूर्ति बिक्री गर्ने उद्देश्य रहेको थियो भने यसभन्दा अगावै गोप्य सूचनाको आधारमा बाघडुग्रा थाना पुलिस र एसओजी टोलीले अभियान चलाएर उक्त मूर्ति उद्धार गर्नको साथै दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार जफत गरेको मूर्तिको अनुमानित बजार मूल्य लगभग 6 करोड रुपियाँ रहेको थाहा लागेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *