करोड़ौँ रुपियाँको सुनको बिस्कुट सहित एकजना पक्राउ

सिलगढी :  डीआरआई (राजस्व खुफिया निर्देशालय)-को टोलीले गत राति अभियान चलाएर उत्तर बंगाल विश्वविद्यालय नजिकबाट करोडौँ रुपियाँको सुनको बिस्कुटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति हावडा निवासी अमित शावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार डीआरआईको टोलीले मालदाबाट धेरै मात्रामा सुनको बिस्कुट सिलगढी तस्करी हुने गोप्य सुइँको पाएपछि गत अबेर राति उत्तर बंगाल विश्वविद्यालय नजिक एशियन हाईवे 2-मा डीआरआईको टोलीले अभियान चलाएर मालदाबाट सिलगढीतर्फ आइरहेको आइरहेको एउटा बसलाई रोकेर अमित शावलाई  बसलाई ओर्लिन लगाए। यसपछि डीआरआईको टोलीले अमित शावलाई सोधखोज गर्दा तिनको कुरामा सन्देह लागेपछि तिनलाई हिरासतमा लिएर डीआरआई कार्यालयमा लगेर छानबीन गर्दा तिनको लगाएको लुगाबाट मोठ 20 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ।


उद्धार गरेको प्रत्येक सुनको बिस्कुटको ओजन 166 ग्राम रहेको छ भने मोठ 20 वटा बिस्कुटको ओजन 3 किलो 320 ग्राम रहेको छ। जसको अनुमानित बजार मूल्य 1 करोड़ 71 लाख 87 हजार 640 रुपियाँ रहेको छ। जफत गरेको सुन इन्डो म्यानमार बर्डरबाट असम हुँदै मालदा ल्याइपुराएपछि सिलगढीमा तस्करी गर्ने उद्देश्य रहेको बताइएको छ।  पहुंचा। डीआरआई टोलीले आरोपी व्यक्तिबाट 3 वटा मोबाइल उद्धार गरेको छ। डीआरआईले अमित शावलाई उक्त सुनको बिस्कुटको कागज पत्र माग्दा सो देखाउन नसकेपछि तिनलाई सुन तस्करीको मामिलामा पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *