करोडौँ रुपियाँको सुनको बिस्कुट सहित एकजना पक्राउ

सिलगढी : डीआरआई टोलीले करोड़ौँ रुपियाँको सुनको बिस्कुटसहित एकजना व्यक्तिलाई पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। पक्रा परेका व्यक्ति महाराष्ट्रको साङ्गली निवासी 28 वर्षीय दिलीप मानेको रूपमा चिन्हित गरिएको छ। डीआरआई पक्षका वकील त्रिदीप साहाले बताएअनुसार गत सोमबार दिउँसो गोप्य सूचनाको आधारमा डीआरआईले एनजेपी स्टेसनमा  अभियान चलाएर गुवाहाटीबाट आइरहेको राजधानी एक्सप्रेस ट्रेनको बागी नम्बर बी 3 –मा बसेका दिलीप मानेको छानबीन गर्दा 4 वटा सुनको बिस्कुट उद्धार गरेको छ। जफत गरेको सुनको बिस्कुटको ओजन 1,991 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 1 करोड़भन्दा अधिक रहेको बताइएको छ। दिलीप मानेले उक्त सुनको बिस्कुट इन्डो-म्यान्मार बर्डरबाट गुवाहाटी राजधानी ट्रेनको माध्यमद्वारा कानपुर लगिरहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *