करोडौँको अवैध सुनसहित 3 पक्राउ

सिलगढी : डीआरआई-को टोलीले गत राति एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर 26 केजी अवैध सुनसहित तीनजना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले महाराष्ट्र निवासी सौरभ शामराव शिरकन्डे, सन्देश अप्पा नराले एवम् शशिकान्त तानाजी कुटे  सामेल छन्। जफत गरेको 26 केजी सुनको अनुमानित बजार मूल्य लगभग 14 करोड़  9 लाख 11 हजार 424 रुपियाँ रहेको बताइएको छ। डीआरआईका वकील त्रिदीप साहाले बताएअनुसार डीआरआईको टीमले ब्रह्मपुत्र मेलमा धेरै मात्रा अवैध ल्याइरहेको गोप्य सुँइको पाएपछि अभियान चलाएर सन्देहको आधारमा तीनजना युवकलाई जाँचको लागि ट्रेनबाट ओर्लिन लगाए। यसपछि जाँच अवधि डीआरआई-को टोलीले तिनीहरूबाट 26 केजी ओजन भएको 160 पीस गोल्ड बार उद्धार गरे। उक्त सुन म्यान्मारदेखि तस्करी गरेर दिल्ली लगिरहेको सोधखोज अवधि तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *