करोड रूपियाँको ब्राउन सुगर सहित दुईजना पक्राउ

सिलगढी: करोड रूपियाँको ब्राउन सुगर सहित दुईजना व्याक्तिलाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपलिटन पुलिसको एसओजी टीम अनि बाघडुग्रा पुलिसले संयुक्त अभियान चलाएर बाघडुग्राको बिहार मोडबाट 500 ग्राम ब्राउन सुगर सहित मालदाका मोहम्मद अलमुमिन र खोरीबाडी निवासी ध्रुव छेत्रीलाई पक्राउ गरेको छ। आज तिनीहरू दुवै जनालाई सिलगढी अदालतमा पेश गरियो। उद्धार गरिएको ब्राउन सुगरको अन्तर्राष्ट्रीय बजार मूल्य लगभग 1 करोड रूपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *