करोड रुपियाँको ब्राउन सुगर र पिस्तोल सहित चारजना पक्राउ

सिलगढी: तस्करी गर्न अगावै एसओजी र एनजेपी पुलिसले संयुक्त रूपमा अभियान चलाएर करोड़ रुपियाँको ब्राउन सुगर अनि आग्नेयास्त्र सहित चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बाघडुग्राका रतन विश्वास, मतिगढाका जाहिरा बेगम, मालदाका मिठु शेख र जलपाइगढीका दीपक चन्द्र बर्मन सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा एसओजी र एनजेपी पुलिसले सिलगढीको नौकाघाट मोड़मा संयुक्त अभियान चलाएर चार जनालाई पक्राउ गरेको हो। तिनीहरूबाट पुलिसले ब्राउन सुगर लगायत एउटा पिस्तोल, दुईवटा म्यागजिन अनि रूपियाँ पनि उद्धार गरेको छ। आरोपीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *