करोड रूपियाँको मादक पदार्थसहित 4 जना पक्राउ

सिलगढी: करोड़ रूपियाँको मादक पदार्थ सहित चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अब्दुल रज्जाक, मुसीदुल मण्डल, हबीबुर शेख र अतीकुल इस्लाम सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी र एनजेपी थाना पुलिसले संयुक्त रूपमा पोराझार इलाकामा अभियान चलाएर चार जनालाई पक्राउ गरेको छ। पुलिसले तिनीहरूबाट 1 किलो ब्राउन शुगर उद्धार गरेको छ। उद्धार गरेको ब्राउन शुगरको बजार मूल्य 2 करोड़ रुपियाँभन्दा अधिक रहेको बताइएको छ। पुलिस सूत्र अनुसार चारजना आरोपीले उत्तर बंगालको विभिन्न ठाउँमा मादक पदार्थको आपूर्ति गरिरहेका थिए। आज आरोपीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *