करोड रुपियाँको सुनको बिस्कुट सहित 2 जना पक्राउ

सिलगढी :  डीआरआई-ले करोडौँ रुपियाँको सुनको बिस्कुट सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू दक्षिण दिनाजपुर निवासी मृणाल अली मण्डल र चिन्टु घोष सामेल छन्। प्राप्त जानकारीअनुसार दक्षिण दिनाजपुरबाट एउटा वाहनमा सुनको बिस्कुट सिलगढीमा तस्करी गर्ने उद्देश्यले ल्याइरहेको डीआरआई-ले गोप्य सुइँको पाए। यसपछि डीआरआई-ले रायगञ्जको सिलगढी मोडमा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 43 वटा सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। उद्धार गरेको सुनको बिस्कुटको ओजन 4 किलो 988 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 2 करोड 47 लाख 56 हजार रुपियाँ रहेको छ। डीआरआई-ले घटनामा 2 जना तस्करलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *