करोड रुपियाँ मूल्यको बर्मा टीक काठ सहित 2 जना तस्कर पक्राउ

सिलगढी : वन विभागले अभियान चलाएर तस्करी गर्न अगावै करोड रुपियाँको बर्मा टीक काठ उद्धार गरेको छ भने घटनामा 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू आन्ध्रप्रदेश निवासी साजिन केराला र शङ्करा गङ्गाको रूपमा सामेल छन्। गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा आज बिहानै सिलगढी-जलपाईगझी राष्ट्रिय राजमार्गको पानीकौरी इलाकामा अभियान चलाएर एउटा 14 चक्के कन्टेनर र एउटा 14 चक्के लरी रोकेर छानबीन गर्दा लगभग 1 करोड रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। जफत गरेको काठ गुवाहाटीबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका 2 जना तस्करलाई भोलि शनिबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *