करोड़ रुपियाँ मूल्यको ब्राउन सुगरसहित पक्रा परेका आरोपी सिलगढी अदालतमा पेश 

सिलगढी : सिलगढी थानाको पुलिसले सादा पोशाकमा नशालु पदार्थ 270 ग्राम ब्राउन सुगरसहित जबीर अली (35) लाई पक्राउ गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। तिनी सिलगढी देवीडांगाको मध्यपलास इलाका निवासी रहेको बताइएको छ। पुलिस सूत्र अनुसार गोप्य सूचनाको आधारमा पुलिसले सेतो पोशाक लगाएर सिलगढी कञ्चनजङ्घा स्टेडियमको स्विमिंग पुल नजिक अभियान चलायो। यहाँ जबीर अलीलाई सन्देहजनक अवस्थामा घुमफिर गरिरहेको देखेपछि पुलिसले तिनलाई रोकेर छानबिन गर्दा 270 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै तिनलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरिएको ब्राउन सुगरको अनुमानित बजार मूल्य करोड रूपियाँ रहेको छ। पुलिसले आरोपी विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्नको साथै यस धन्दामा तिनीसित अरू को-को संलग्न रहेको छ भन्नेबारे छानबिन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *