सीआरएस लतीफ खानद्वारा जलपाईगढी रोड स्टेशनमा इलेक्ट्रिक ट्रेनको बुनियाँदी ढाँचाको निरीक्षण

जलपाईगढी : न्यु जलपाईगढीदेखि न्यु कुचबिहारसम्म इलेक्ट्रिक ट्रेनको चलाचल यहीँ महिनादेखि शुरू गरिने भएको छ। यसैले आज एनएफ रेलवेका कमिश्नर अफ् रेलवे सेफ्टी (सीआरएस) लतिफ खान र अलिपुरद्वार डिभीजनको डीआरएम केएस जैन लगायत अन्य रेलवे अधिकारीहरूले जलपाईगढी रोड स्टेसनको बुनियाँदी ढाँचाको निरीक्षण गरे। न्यु जलपाईगढीदेखि न्यु कुचबिहारसम्म इलेक्ट्रिक लाइन लगाउनको लागि काम शुरू गरेको थियो भने हालैमा लाइनको काम सबै पुरा भइसकेको छ। आज बिहान सबै अधिकारीहरू विशेष ट्रेनको माध्यमद्वारा जलपाईगढी रोड स्टेसन आइपुगेपछि जलपाईगढी रोड स्टेसनको रेलवे गेट, इलेक्ट्रिक लाइन लगायत अन्य विविध विषयको निरीक्षण गरे। निरीक्षणपछि अलिपुरद्वार डिभीजनका डीआरएम केएस जैनले इलेक्ट्रिक लाइनको काम पुरा भइसकेको साथै आज कुचबिहार रेलवे स्टेशनसम्मको सबै बुनियादी ढाँचाको निरीक्षण गरिने बताए। रेलवे कमिश्नर अफ् रेलवे सेफ्टी लतीफ खानले स्वीकृति दिएपछि मात्र जनवरी महीनादेखि नै न्यु जलपाईगढीदेखि न्यु कुचबिहारसम्म इलेक्ट्रिक ट्रेन चल्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *