क्राई-द्वारा नानीहरूलाई किताबहरू वितरण

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही पर घुम्ती चियाबारीमा एनजीओ क्राई-द्वारा 100 जना नानीहरूलाई किताबहरू वितरण गरियो। क्राई एनजीओ र बदाम टिज-को सहयोगमा नानीहरूलाई उक्त किताबहरू वितरण गरिएको हो। क्राई घुम्ती चियाबारीको संयोजक रञ्जित सुब्बाको अगुवाईमा घुम्ती चियाबारीस्थित आदर्श श्रमिक कल्याण भवनमा सम्पन्न कार्यक्रममा क्राई-को आयोजनामा घुम्ती चियाबारी क्षेत्रका 100 जना नानीहरूलाई किताबहरू वितरण गरियो। उक्त कार्यक्रममा अतिथिको रुपमा आँगनबाड़ी कर्मी इन्दिरा प्रधान, सबिन दर्नाल, समाजसेवी सुर्यनारायण प्रधान, भूतपूर्व सैनिक श्याम कुमार खवास, हेमेन्द्र देवान र सरजुन गुरुङ उपस्थित थिए। रञ्जित सुब्बाले एनजीओ क्राई गत 2020 मा कोरोना महामारीको समय लक डाउनमा नानीहरूलाई अनलाइन शिक्षा प्रदान गर्नलाई शुरु गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *