क्राई-द्वारा रोहिणीमा मास्क अनि सेनिटाइजर वितरण

खरसाङ : खरसाङ महकुमा अन्तर्गत रोहिणी कोठी डाँड़ामा गैर सरकारी संस्था क्राई-द्वारा मास्क अनि सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएस एजाज अहमद उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिहरुमा रोहिणी क्षेत्रका आशाकर्मी नमिता तामाङ ,रोहिणी चिया बगानका गार्डनबाबु थेबा बल ,रोहिणी चिया बगानका स्वास्थ्य विभाग कर्मचारी अर्जुन राई ,रोहिणीका समाज सेवक  सुन्दर राई अनि एनजीओका कन्सल्टेन्ट शिक्षकहरु पवन राई र पूजा कालिकोटे उपस्थित थिए। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे भने कोभिड 19 बारे आशाकर्मी नमिता तामाङले बताइन्। कार्यक्रममा धन्यवाद ज्ञापन क्राई एनजीओ-का कन्सल्टेन्ट शिक्षक पवन राईले गरे अनि अन्त्यमा क्याम्पमा भाग लिने विद्यार्थीहरूलाई प्रमुख अतिथि खरसाङ महकुमा अधिकारी अनि विशिष्ट अतिथिहरुबाट पुरस्कारहरू वितरण गरियो। यस अवसरमा मास्क र सेनिटाइजरहरू वितरण गरियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खरसाङ महकुमा शासक आईएएस एजाज अहमदले यो महामारीको समय स्कूलहरू बन्द छ र क्राई एनजीओ-ले विद्यार्थी नानीहरूको निम्ति असल कार्यहरू गरिरहेकोमा प्रशंसा गरे। तिनले नानीहरूलाई आफ्नो सपना पूरा गर्ने आह्वान् गर्दै यो महामारीको समय सबै सचेत हुनु पर्ने, मास्क लगाइदिने र हात सदैव धुने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *