क्राई एनजीओ-द्वारा नानीहरूसित क्रिसमस पालन

खरसाङ (निसं) : एनजीओ क्राई रोहिणीद्वारा चाइल्ड एक्टिभिटी सेन्टरमा क्रिसमस उत्सव भव्य रुपमा पालन गरियो। उक्त क्रिसमस कार्यक्रममा नानीहरूले क्रिसमस ट्री साथै हातले बनाएका ग्रीटिङ कार्डहरू सुन्दर ढंगमा सजाएका थिए। नानीहरूले क्यारोल गीतहरू गाए भने तिनीहरूलाई उपहारहरू पनि प्रदान गरियो।


रोहिणी अनुग्रह चर्चकै पास्टरनी अनिमा बराइली बाल-बालिका र गैर सरकारी संस्थालाई प्रोत्साहन गर्न उक्त कार्यक्रममा सामेल भएका थिए। यस क्रिसमस कार्यक्रममा मानिसहरू एकजुट भएर एका-अर्कालाई सहयोग गरून् भनी तिनले सम्पूर्ण राष्ट्रको लागि प्रार्थना गरिन्। यस अवसरमा सम्पूर्ण एनजीओ टोली अनि सल्लाहकार शिक्षिका पूजा कालीकोटेको तर्फबाट सबैलाई क्रिसमस र नयाँ वर्षको शुभकामना व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *