साइबर ठगीको जालमा परेर सिलगढी वासिन्दाले गुमाए 50 हजार रुपियाँ

सिलगढी (निसं): सिलगढी नगरनिगमको 19 नम्बर वार्डको सुभाषपल्ली निवासी स्वर्णभो घोष साइबर ठगीको सिकार बनेका छन्। साइबर अपराधीहरूले तिनको ब्याङ्क खाताबाट 50 हजार रुपियाँ निकालेको बताइएको छ। प्राप्त जानकारी अनुसार केही दिनअघि स्वर्णभो घोषले सिलगढी नगरनिगमबाट 10 हजार रुपियाँको भेन्डर लोन लिएका थिए। केही दिनसम्म उक्त लोनको ईएमआई काटेपछि तिनको मोबाइलमा कल गरेर तपाइँले लिएको लोनको सब्सिडी पाउनेछ भनी बताइएको थियो। यसको लागि तिनको फोनमा एउटा लिङ्क पठाएपछि उक्त लिङ्कमा क्लिक गरेर पासवर्ड दिनसाथ तिनको ब्याङ्क खाताबाट 50 हजार रुपियाँ गायब भएको बताइएको छ। यसपछि तिनले तत्कालै साइबर क्राइम थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *