साइकल चालकले दिउँसै गरे बाइक आरोहीलाई छुरीले प्रहार

सिलगढी : सामान्य विवाद भएपछि साइकल चालकले एकजना बाइक आरोहीलाई छुरीले प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज सिलगढीको भेनस मोडमा एकजना व्यक्ति बाइकमा सवार भएर गइरहेको समय अचानक साइकलसँग ठोक्किँदा दुईजना माझ विवाद शुरू भयो। यसपछि साइकल चालकले उक्त बाइक चालकलाई सडक किनारमा लगेर छुरीले प्रहार गरे। यसपछि घाइते अवस्थामा बाइक चालकले नजिकैको पुलिसलाई तत्कालै जानकारी गराएपछि घटनास्थलमा पुगेर पुलिसले आरोपी साइकल चालकलाई पक्राउ गरेर थानामा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *