साइकल चोरी गर्ने व्यक्ति पक्राउ

राजगञ्ज : स्थानीय मानिसहरूले साइकल चोरी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेपछि एनजेपी थाना पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारीअनुसार गत शनिबार फुलबारीको बटालियन मोडको दोकान अघिबाट एउटा साइकल चोरी भएको थियो। उक्त दोकानमा जडान गरिएको सीसीटीभी फुटेजको माध्यमद्वारा स्थानीयहरूले साइकल चोरी गर्ने व्यक्ति चिन्हित गरेपछि तिनीहरूले आज चोरी गरेको साइकलसहित उक्त व्यक्तिलाई पक्राउ गरेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई पक्राउ गरेर थाना लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *