दबाई व्यवसायीलाई लाखौँ रुपियाँ ठग्ने आरोपी राजस्थानबाट पक्राउ

सिलगढी : सिलगढीको खालपाड़ा इलाका निवासी दबाई व्यवसायीलाई 7 लाख रुपियाँ ठग्ने आरोपीलाई सिलगढी पुलिसले राजस्थानबाट पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राजस्थान निवासी 28 वर्षीय सांवरमल शर्माको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 10 मार्चको दिन खालपाड़ा निवासी दबाई व्यवसायी पवन अग्रवालले ठगीको शिकार भएकोबारे  सिलगढी थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आरोपी सांवरमल शर्मालाई राजस्थानबाट पक्राउ गरेपछि ट्रान्जिट रिमान्डमा लिएर गत राति सिलगढी आइपुग्यो। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *