दबाई दोकानबाट अधिक मात्रामा नशालु ट्याबलेट र कफ सिरप उद्धार, एकजना पक्राउ

सिलगढी : दबाई दोकानको आड़मा प्रतिबन्धित नशालु ट्याबलेट र कफ सिरप बेच्ने गरेको आरोपमा एसओजी (स्पेशल अपरेशन ग्रुप)-ले अमित बर्मन  नाम गरेको एकजना दोकानेलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा एसओजीले मतिगढा थाना अन्तर्गत पाँचकेलगढी इलाकास्थित केही दबाई दोकानहरूमा अभियान चलायो। यस अभियान अवधि एउटा दबाई दोकानबाट लगभग 20 बोतल प्रतिबन्धित कफ सिरप र दस हजारभन्दा अधिक नशालु ट्याबलेट उद्धार गर्नको साथै एकजना दोकानेलाई पक्राउ गरेपछि एसओजीले जफत गरेको समानहरूसहित उक्त दोकानेलाई मतिगढा थाना पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *