डाबग्राम-फुलबारी क्षेत्रमा भाजपा-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : कुचबिहारको दिनहाटामा भाजपा कार्यकर्ताको मृत्युको घटनालाई लिएर भाजपाले जाँच गरिनुपर्ने माग गर्दै आवाज उठाएको छ। भाजपाले आज सिलगढी डाबग्राम-फुलबारी विधानसभा इलाकामा उक्त घटनाको जाँच गरिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गर्यो। यस अवसरमा डाबग्राम-फुलबारी विधानसभा आसनका भाजपा प्रार्थी शिखा च्याटर्जी पनि उपस्थित थिइन्। स्मरण रहोस्, गत बुधबार बिहान दिनहाटा डाकबङ्ग्लो पाड़ा इलाकाको भाजपा पार्टी कार्यालय संलग्न पशु चिकित्सालयको बरन्डामा भाजपाको दिनहाटा सहर मण्डल अध्यक्ष अमित सरकारको झुन्डिएको अवस्थामा शव उद्धार भएको थियो। उक्त घटनामा तृणमूल कङ्ग्रेस संलग्न रहेको भाजपाको आरोप रहेको छ। अर्कोतिर, तृणमूल कङ्ग्रेसले भाजपाद्वारा लगाइएको आरोप झुटो रहेको दावी गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.