डाबग्राम 2-को मध्य शान्तिनगर इलाकामा वृक्ष रोपण कार्यक्रम

सिलगढी : डाबग्राम 2 अञ्चलको मध्य शान्तिनगर इलाका निवासी रनी पालको पहलमा इलाकालाई सौन्दर्यीकरण तथा हरियाली युक्त बनाउने उद्देश्य लिएर आज एउटा कार्यक्रमको माध्यमद्वारा वृक्ष रोपण कार्यक्रमको आयोजना गरियो। यस अवधि उक्त इलाकाको विभिन्न ठाउँहरूमा रुखको विरुवा रोपियो। यस अवसरमा आसिघर आउटपोस्ट थानाका पुलिस अधिकारी इन्चार्ज पार्थसारथी दास, समाजसेवक गौतम गोस्वामी, डाबग्राम 2 ग्राम पञ्चायतका प्रधान श्रीमती सुधा सिंह च्याटर्जी, बैकुण्ठपुर डिभिजनका वन अधिकारी, जेभियर्स इन्टरन्याश्नल स्कुलका अध्यक्ष श्री पल्लव चक्रवर्ती, इलाकाका पूर्व उप प्रधान लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *