डाबग्राम फुलबारी युवा तृणमूल कांग्रेसद्वारा जटिल रोगले ग्रसित शिशु कन्याको सहयोग

सिलगढी : डाबग्राम 2 नम्बर अञ्चल अन्तर्गत सिपाहीपाडा निवासी प्रीतम सरकारको दुई महिनाकी कन्या शिशु जटिल रोगले ग्रसित छन्। प्राप्त जानकारीअनुसार जन्मपछि नै उक्त कन्या शिशु जटिल रोगले ग्रसित भएपछि सिलगढी सदर अस्पताल, उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा तिनको उपचार गर्न व्यर्थ हुने चिकित्सहरूको भनाइ रहेको बताइएको छ। गैर सरकारी अस्पतालमा शिशुको उपचारको लागि लाखौँ रुपियाँ खर्च हुने भएकोले पेशाले ग्यारेज म्याकानिक प्रीतम सरकार असमर्थ छन्। यसैले उक्त शिशुको उपचारको लागि तिनले सबैसित सहयोगको अपील गरेका छन्। उक्त खबर पाएपछि डाबग्राम फुलबारी युवा तृणमूल कांग्रेसका सभापति गौतम गोस्वामी शिशुको सहयोग गर्न अघि आएका छन्। तिनी आज गौतमको घरमा गएर शिशुको उपचारको सबै खर्च आफैले बेहोर्ने वचन दिएपछि परिवारका सदस्यहरू निक्कै खुशी हुँदै कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *