डाबग्राम फुलबारी विधानसभा केन्द्रको नयाँ कार्यालयको उद्घाटन

सिलगढी : सिलगढीको हैदरपाड़ा मार्केट कम्प्लेक्समा 19 नम्बर डाबग्राम-फुलबारी विधानसभा केन्द्रका विधायकको नयाँ कार्यालयको आज राज्यका पर्यटन मन्त्री गौतम देवले विधिवत् रूपमा उद्घाटन गरे। जनसम्पर्क बढ़ाउने उद्देश्य लिएर उक्त कार्यालय खोलिएको मन्त्री देवले बताए। साधारण मानिसहरूको लागि उक्त कार्यालय बिहानैदेखि खुल्ला रहने बताइएको छ। उक्त उद्घाटन कार्यक्रममा तृणमूल कांग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष रञ्जन सरकारलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *