डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेसको तर्फबाट छठव्रतीहरूलाई पुजाको सामग्री वितरण

सिलगढी : डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेसको तर्फबाट छठव्रतीहरूलाई पुजाको सामग्री वितरण गरियो। सिलगढी संलग्न जाबराभिटा इलाकाको लगभग 200 जना छठव्रतीहरूलाई साडी र नरिवल प्रदान गरियो। यस अवसरमा डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेसको सभानेत्री सुधा सिंह च्याटर्जी, जलपाईगढी जिल्ला परिषद्का शिक्षा अधिकारी देवाशीष प्रामाणिक, तृणमूल कङ्ग्रेसको डाबग्राम 2 अञ्चल सभापति भवेश राय एवम् तेस्रो लिङ्गी मयना देवी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *