डाबग्राम फुलबारीमा शुभेन्दु अधिकारीले भोलि जनसभालाई सम्बोधन गर्ने, जनसभा स्थलको शिखा च्याटर्जीद्वारा निरीक्षण

सिलगढी : पञ्चायत चुनाउलाई लिएर राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीले भोलि डाबग्राम फुलबारी विधानसभा अन्तर्गत ठाकुरनगर जबराभिटा जुनियर हाई स्कुलमा जनसभालाई सम्बोधन गर्ने भएका छन्। भोलि सोमबार साँझ भाजपा नेता शुभेन्दु अधिकारीले ठाकुरनगर जबराभिटा जुनियर हाई स्कुलमा आयोजित जनसभालाई सम्बोधन गर्नको साथै पार्टीका कार्यकर्ताहरूसित एउटा सांगठनिक बैठक पनि गर्ने भएका छन्। यसको लागि युद्धस्तरमा मञ्चको तयारी चलिरहेको छ। डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले मञ्च तयारी कार्यको निरीक्षण गरिन्। यस अवसरमा तिनले भनिन्, सत्तारूढ पार्टीकाहरू पनि शुभेन्दु अधिकारीको वक्तव्य सुन्नको लागि तयार रहेको छ। उक्त जनसभामा धेरै संख्यामा मानिसहरूले अंश ग्रहण गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *