दादाभाइ स्पोर्टिङ क्लबको पहलमा दिवारात्रि टी-20 क्रिकेट टुर्नामेन्टको आयोजना

सिलगढी: सिलगढीमा महिला क्रिकेटरहरूलाई प्रेरित गर्ने उद्देश्य लिएर सिलगढी दादाभाइ स्पोर्टिङ क्लबको पहलमा दादाभाइ खेल मैदानमा आजदेखि दिवारात्रि टी-20 क्रिकेट टुर्नामेन्ट शुरू भएको छ। उक्त टुर्नामेन्ट आगामी 5 मार्चसम्म चल्नेछ। उक्त टुर्नामेन्टमा विशेष अतिथिको रूपमा अन्डर 19 विश्वकप विजयी भारतीय टोलीका सदस्य इसिता बसु उपस्थित थिइन्। उक्त टुर्नामेन्टको आज उद्घाटन गरियो। उक्त टुर्नामेन्टमा मोठ 8 वटा टोलीले अंश ग्रहण गरेको छ। आजको पहिलो खेल बाघाजतीन तरूण संघ बनाम नर्थ बेङ्गल क्रिकेट कोचिङ सेन्टरमाझ सम्पन्न भयो। यस अवसरमा सिलगढी नगरनिगमका मेयर गौतम देव, टुर्नामेन्ट कमिटीका अध्यक्ष तथा डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद, काउन्सिलरहरू, समाजसेवी मदन भट्टाचार्य तथा क्लबका कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *