दादुरा र रुबेला खोपबारे मानिसहरूलाई जागरूक गराउँदै सिलगढीमा पदयात्रा

सिलगढी : आगामी 9 जनवरीदेखि दादुरा र रुबेला खोप शुरू गरिने भएको छ। यसबारे आज सिलगढीमा पदयात्राको आयोजना गरियो। दादुरा र रुबेला खोप बारे साधारण मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर सिलगढी नगरनिगमको पहलमा तथा स्वयम्‌सेवीको सहयोगमा आज सिलगढीमा पदयात्राको आयोजना गरियो। उक्त पदयात्रा सिलगढीको बाघाजतीन पार्कबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त पदयात्रामा सिलगढी नगरनिगमका मेयर गौतम देव, स्वास्थ्य विभागका मेयर परिषद दुलात दत्त, जिल्ला मुख्य स्वास्थ्य अधिकारी लगायत सिलगढी नगरनिगमको स्वास्थ्य विभागका कर्मचारी, स्वयम्‌सेवी संगठनका सदस्यहरू एवम् विद्यार्थीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *