डागापुरको लोकनाथ मन्दिरमा पुजा गर्न आउने श्रद्धालुहरूको भीड

सिलगढी : सिलगढीको डागापुरस्थित लोकनाथ मन्दिरमा आज धुमधामको साथमा लोकनाथ पुजाको आयोजना गरियो। आज बिहानैदेखि मन्दिरमा पुजा गर्न आउने भक्तहरूको निक्कै भीड देखियो। कोरोनाले गर्दा गत 2 वर्ष सामान्य रूपमा लोकनाथको पुजा गरियो। यस वर्ष परिस्थिति सामान्य बनेपछि आज धुमधामको साथमा लोकनाथको पुजा-अर्चना गरिरहेको छ। मन्दिर कमिटीका स्वयंसेवक अमल साहाले बताएअनुसार श्रद्धालुहरूको आवश्यकतालाई ध्यानमा राखेर मन्दिर परिसरमा बारम्बार सेनिटाइज गरिरहेको छ। यस वर्ष पुजा गर्न आउने भक्तहरूको निक्कै भीड देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *