डागापुरलाई पराजित गरेर विनर्स फुटबल कोचिङ सेन्टर च्याम्पियन

सिलगढी : डागापुर मर्निङ भेटरेन क्लबद्वारा आयोजित दुई दिने इन्टर कोचिङ फुटबल प्रतियोगिताको अन्डर 17 बोइज फाइनल खेलमा डागापुर मर्निङ क्लबलाई ट्राइ ब्रेकरमा पराजित गरेर विनर्स फुटबल कोचिङ सेन्टर विजयी बन्यो। डागापुर खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा निर्धारित समयसम्म खेलाइएको म्याच अवधि दुवै टोलीले 2-2 गोल गरेपछि अन्तमा ट्राई ब्रेकर गराइयो जसमा 2-1 परिणामले विनर्स फुटबल कोचिङ सेन्टर टोली विजयी बन्यो। फाइनल खेलमा प्रमुख अतिथिका रूपमा गोपाल लामा, विजय चन्द्र लिम्बू, महेन्द्र प्रधान, लक्ष्मण छेत्री, गोपाल गिरी र गौतम सेन लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूको बाहुलीबाट विजयी तथा पराजय टोलीलाई ट्रफीहरू प्रदान गरियो। यस प्रतियोगिताको फाइनल खेलमा फरमान अन्सारीलाई म्यान अफ् द म्याच, अभिजीत टोप्पोलाई प्लेयर अफ् द टुर्नामेन्ट, साहिल थापालाई सर्वश्रेष्ठ गोल किपर अनि सुरजीत बर्मनलाई सर्वाधिक स्कोररको रूपमा चयन गरेर पारितोषिक प्रदान गरियो। प्रतियोगितालाई सफल बनाउनको आयोजित समितिका प्रमुख संयोजक विजय लिम्बू, अजय तामाङ, सुरज छेत्री, कुमार छेत्री, कमल खवास, कमल राई, सतीश कालिकोटे, किशोर छेत्री, केशाङ लामा, बिनोद गुप्ता, दिपु लामा, प्रवीण लामा आदिको सक्रिय भूमिका रहेको डागापुर मर्निङ क्लबका सचिव विकास नेपालले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes