डागापुर मर्निङ क्लबको तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी : डागापुर मर्निङ क्लबको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। यसको साथै निःशुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरियो। उक्त शिविरमा क्लबका सदस्यहरूले स्वेच्छाले रक्तदान गरे भने क्लबका युवाहरूको ब्लड प्रेसर तथा स्वास्थ्य परीक्षा गरियो। यस विषयमा डागापुर मर्निङ क्लबका सदस्य समीर छेत्रीले बताएअनुसार रगत समस्या दूर गर्ने उद्देश्य लिएर आज शिविरको आयोजना गर्नको साथै स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरिएको हो।


अर्कोतिर, सुमिता क्यान्सर सोसाइटीको तर्फबाट क्यान्सरबारे मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर एउटा सचेतनता शिविरको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *