डागापुर मर्निङ भेटरेन फुटबल टुर्नामेन्ट शुरू

सिलगढी : डागापुर मर्निङ भेटरेन क्लबको आयोजनामा प्रत्येक वर्ष झैँ यसपल्ट पनि आजदेखि डागापुरस्थित खेल मैदानमा दुई दिवसीय भेटरेन फुटबल प्रतियोगिता आरम्भ गरियो। उक्त भेटरेन फुटबल प्रतियोगितामा दार्जिलिङ, खरसाङ, डुवर्स, कालेबुङ लगायत सिलगढीका विभिन्न भेटरेन टोलीहरूले अंश ग्रहण गरेको आयोजक समितिले जनाएको छ। ती भेटरेन टोलीहरूमा पूर्व चर्चित राष्ट्रिय स्तरका कतिपय खेलाडीहरूले पनि अंश ग्रहण गरेका छन्।


आज प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा तृणमूल नेता रञ्जन सरकार, रामभजन महतो अनि अन्य अतिथिहरूमा डागापुर मर्निङ क्लबका अध्यक्ष बिजय लिम्बू, महासचिव ब्रुनु लामा, कोषाध्यक्ष सुरज छेत्री, कमल राई, अमल खवास, किशोर छेत्री, खेम सापकोटा, सबिन गुरूङ आदि प्रमुख रूपमा उपस्थित थिए। आयोजक समितिले दिएको जानकारी अनुसार उक्त भेटरेन प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि 19 दिसम्बरको दिन सम्पन्न हुनेछ भने प्रतियोगिताको विजेता टोलीलाई स्व. अमर बहादुर सुनार स्मृति ट्रफीसहित नगद राशि तथा उपविजेता टोलीलाई नगद राशि सहित हनुमान दास अग्रवाल स्मृति ट्रफी प्रदान गरिने भएको छ।   


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *