दहेजको लोभमा दोस्रो विवाह गरिरहेका राजीव कुमार विवाहको मण्डपबाटै पक्राउ

सिलगढी : स्वास्नी हुँदा-हुँदै पनि दोस्रो विवाह गर्न लागेका एकजना व्यक्तिलाई बिहेको दिनमा नै पुलिसले पक्राउ गरेको छ। घटनाक्रम अनुसार सिलगढीको 46 नम्बर वार्डको चम्पासारी इलाका निवासी राजीव कुमार आफ्नो विवाहको लागि जन्तीहरूको साथमा सिलगढीको वर्द्धमान रोडस्थित एउटा भवनमा पुगे। तथापि, तिनको विवाह हुन अगावै मण्डपमा बस्न नपाई सिलगढी मेट्रोपोलिटन पुलिसको महिला थानाले अभियोगको आधारमा बेहुला राजीवलाई पक्राउ गरेको छ।  राजीव एउटा इन्स्योरेन्स कम्पनीमा उच्च पदमा कार्यरत छन्। पुलिस सूत्रले दिएको जानाकारी अनुसार, राजीव कुमारले अगावै विवाह गरिसकेको साथै तिनको स्वास्नी पनि रहेको छ। तथापि, तिनले अर्को युवतीसित दोस्रो विवाह गरिरहेको थाहा पाएपछि महिला थानामा यसबारे पहिलो स्वास्नीले अभियोग दर्ता गरेपछि पुलिसले राजीवलाई पक्राउ गरेको बताइएको छ। जानकारी अनुसार, दिसम्बर 2019-मा नै राजीवले बद्धर्मान निवासी एउटी युवतीसित बिहे गरेका थिए। यसपछि स्वास्नीलाई पत्तो नदिई तिनले असमकी एकजना युवतीको परिवारलाई आफ्नो झुटो परिचय दिएर दहेजको रूपमा रुपियाँ लिएर दोस्रो विवाह गर्ने तयारी गरिरहेका थिए। तिनले युवतीको परिवारलाई बिहेको लागि सिलगढीमा बोलाएपछि हिजो बाजागाजाको साथमा तिनी यहाँको वर्द्धमान रोडस्थित एउटा भवनमा पुगे। बेहुली पक्षलाई राजीवले अगावै बिहे गरिसकेको कुरा थाहा थिएन। दोस्रो विवाह गर्ने राजीव कुमारको सपना पुरा हुन लागिरहेको थियो तर सही समयमै तिनको पहिलो स्वास्नी पुलिसको साथमा बिहेको मण्डपमा पुगेर झुटो प्रलोभन देखाएर दोस्रो युवतीसित विवाह गर्न लागेको आरोपमा राजीवलाई पक्राउ गर्यो। महिला थाना पुलिसले राजीवविरुद्ध ठगी लगायत अन्य अपराधिक मामिला दर्ता गरेर आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। राजीव कुमारले रुपियाँको लोभमा दोस्रो विवाह गरिरहेको कुरा प्राथमिक सोधखोजमा पुलिसले थाहा पाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *