दाहुक नदीको बाँसको पुल बदमासहरूले आगो लगाएर जलाइ दिएपछि गाउँलेहरू समस्यामा

राजगञ्ज: राजगञ्ज ब्लकको सन्यासिकता ग्राम पञ्चायतको भारत-बांग्लादेश सीमा नजिक चतुरागछ इलाकामा रहेको दाहुक नदीमा बनाइएको बाँसको पुल पनि गत राति केही बदमासहरूले आगो लगाएर जलाइ दिएको छ। उक्त घटनापछि गाउँलेहरू आक्रोशित बनेर चाँडै पुल निर्माण गरिनु पर्ने माग गरे। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको भारत-बांग्लादेश सिमाना नजिक दाहुक नदीमा एक मात्र बाँसको पुल थियो, जुन गत राति बदमासहरूले आगो लगाएर जलाइदिए। यसले गर्दा चतुरागछ, जुम्मागछ, दिलुगछ, कोआरबाड़ी र नवग्राम गाउँका मानिसहरूलाई आवत जावत गर्न असुविधा भएको छ।  यहाँका गाउँलेहरूले विगत 20 वर्षदेखि यहा एक मात्र बाँसको पुलको सहयोगमा आवागमन गर्दै आइरहेका थिए। पुल जलेर खरानी भएपछि गाउँलेहरूको अवगमन रूप्ण रूपमा ठप्प बनेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *