दाइजोको लागि गृहिणीलाई जलाएर मार्ने प्रयास गरेको ससुराली विरूद्ध आरोप

सिलगढी (निसं): दाइजोको माग गर्दै गृहिणीलाई जलाएर मार्ने प्रयास गरेको ससुराली विरूद्ध आरोप लगाइएको छ। फाँसीदेवा ब्लकको राबभिटा इलाका निवासी शोएब अली खानको दुई वर्ष अघि सिलगढीको सालबाड़ी इलाकाको गुलेनूर बेगमसित विवाह भएको थियो। विवाहमा दाइजोको रूपमा बेहुलीको घरबाट नगद 4 लाख रुपियाँ अनि सुनका बहुमूल्य गर-गहनाहरू दिएको बताइएको छ। तथापि विवाह भएको केही समय पछि देखि नै ससुराली घरमा गुलेनूर बेगमलाई शारीरिक अनि मानसिक रूपले अत्याचार गर्न सुरू गरेको आरोप रहेको छ। यसपछि गुलेनूर बेगम गत केही महिना अघिदेखि माइता घरमा नै बस्दै आइरहेका थिए। गत सोमवार साँझमा भाईले तिनलाई ससुराली घरमा छोडेर घर फर्किआएका थिए। यसपछि पनि तिनका लोग्ने अनि परिवार पक्षले तिनीमाथि फेरि अत्याचार गर्नको साथै तिनको शरीरमा मट्टी तेल खन्याएर मार्ने प्रयास समेत गरेको आरोप रहेको छ। यसबारे गृहिणीले घरमा फोन गर्न साथ तिनको माइता घरबाट मानिसहरू आएर तिनलाई जलेको अवस्थामा उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे अनि त्यहाँबाट तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल रेफर गरिदिएको छ। महिलाको घर परिवारको पक्षबाट आरोपीहरूलाई उचित सजाय दिनु पर्ने माग गर्दै फाँसीदेवा थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। घटना पछि लोग्ने सहित ससुराली परिवारका अन्य मानिसहरू निखोज भएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes