दाइजोको लागि गृहिणीको हत्या

मालदा : दाइजोको लागि एउटी गृहिणीको हत्या गरेको मामिला अघि आएको छ। गृहिणीको लोग्नेलगायत ससुरालविरुद्ध हत्याको आरोप उठेको छ। प्राप्त जानकारीअनुसार गत तीन वर्ष अघि हरीशचन्द्रपुरको साहापुर गाउँ निवासी शेख कलीमुद्दिनसँग 22 वर्षीय हसिना खातुनको बिहे भएको थियो। बिहेपछि दाइजोको लागि ससुरालपक्षले हसीनामाथि मानसिक एवम् शारीरिक अत्याचार गर्ने गरेको तिनको बाबु ताजामुल साईको आरोप रहेको छ। आइतबार राति हसीनाको झुण्डिरहेको अवस्थामा शव भेट्टाएको खबर आएको तिनले बताए। दाइजोको लागि नै हसीनाको लोग्नेलगायत परिवारका सदस्यहरूले हत्या गरेको तिनले आरोप लगाए। मृतकका परिवारका सदस्यहरूले हरीशचन्द्रपुर थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। घटनापछि लोग्नेसहित परिवारका सदस्यहरूले सुइँकुच्चा ठोकेको छ भने पुलिसले तिनीहरूको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *