दैलोमा भ्याक्सिन कार्यक्रम अन्तर्गत बिमारीहरूलाई कोरोना टीकाकरण

खरसाङ : कोरोना संक्रमणबाट मानिसहरूलाई बचाउन अहिले सरकारले घर-घरमैं गएर भ्याक्सिन लगाउने व्यवस्था मिलाएको छ। विशेष गरेर बिरामी तथा भ्याक्सिन केन्द्रसम्म जान नसक्नेहरूको निम्ति दैलोमा भ्याक्सिन कार्यक्रम सम्पन्न गरेर स्वास्थ्य कर्मीहरू घर-घरमा गएर भ्याक्सिन लगाइदिने कार्य गरिरहेका छन्। यसै क्रममा खरसाङको लङ्गभ्यू चियाबारी तथा पंखाबारी क्षेत्रमा पनि दैलोमा भ्याक्सिन लगाउने कार्य सम्पन्न गरियो। यस कार्यमा स्थानीय स्वस्थ्यकर्मीहरू लगायत आशा कर्मीहरू घर-घरमा गएर बिरामी तथा शारीरिक रूपले अस्वस्थ्य मानिसहरूलाई भ्याक्सिन खोप लगाइदिए। यसबारे पंखाबारी हेल्थ सेन्टरकी एएनएम नमिता लकान्द्रीले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *