दाजुले गऱ्यो आफ्नै भाईको हत्या कालेबुङ गुम्बाहट्टामा

कालेबुङ: कालेबुङ गुम्बाहट्टा,टेन्ट हाउस नजिक गत राति दाजुले आफ्नै भाईको हत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार स्वर्गीय जीवन पन्चकोटिको 35 वर्षीय छोरा रितेश पन्चकोटि (दाजु) अनि आफ्नै भाई 32 वर्षीय जीवन पन्चकोटिमाझ सामान्य झगडा हुँदा दाजुले रिसले मार्तोलले हिर्काएर भाईको हत्या गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार घरमा दुई दाजु भाई मात्र बस्दै आइरहेका थिए भने गत राति तिनीहरू दुई दाजु भाईमाझ सामान्य विषयलाई लिएर झगडा हुँदा रिसले आफ्नै भाईलाई दाजुले मार्तोलले हिर्काउँदा मृत्यु भएको हो। हत्यारा दाज्यु रितेश पन्चकोटिलाई आज बिहान कालेबुङ जिल्ला पुलिसले पक्राउ गरेर हिरासतमा लिएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *