डकैत गर्न अघि नै पुलिसको सक्रियतामा 3 जना पक्राउ

सिलगढी : कुनै ठुलो डकैतको योजनालाई अन्जाम दिन भेला भएका दुष्कृतिहरूमध्ये 3 जनालाई पुलिसले गत अबेर राति पक्राउ गरेको छ। तथापि, घटनास्थलबाट अन्य 12 जना दुष्कृति भाग्न सफल भएका छन्। पक्रा परेकाहरूमा सुबीर प्रसाद, कृष्णा राय र सुजीत दास सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार हिजो राति 15 जना दुष्कृतिहरू डकैत गर्ने उद्देश्यले नौकाघाट हनुमान मन्दिर इलाकामा भेला भएका थिए। गोप्य सूचनाको आधार एनजेपी पुलिसले सादा पोशाकमा इलाकामा अभियान चलाउँदा पुलिसको वाहन देखेर 12 जना दुष्कृतिहरू भाग्न सफल भए तापनि 3 जनालाई पक्राउ गरेको छ। ती दुष्कृतिहरू डकैत गर्ने उद्देश्यले भेला भएका थिए। पुलिसले तिनीहरूबाट डकैत गर्दा प्रयोग गरिने विभिन्न सर-समानहरू उद्धार गरेको छ। पक्रा परेका तीनैजना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। एनजेपी पुलिसले घटनास्थलबाट भाग्न सफल भएका दुष्कृतिहरूको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *