डकैत गर्न भेला भएका 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अभियान चलाएर डकैती गर्ने योजना बनाइरहेका 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले विजय पासवान, प्रेम कुमार देवनाथ र उज्जव महन्त सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले मादानी बजार इलाकामा केही दुष्कृतिहरू भेला भएको गोप्य सुइँको पाएपछि पुलिसले सादा पोशाकमा उक्त इलाकामा अभियान चलाए। यस अवधि केही दुष्कृतिहरू भाग्न सफल भए तापनि पुलिसले 3 जना दुष्कृतिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले तिनीहरूबाट केही धारिलो हतियार पनि उद्धार गरेको छ। पक्रा परेका तीनजना दुष्कृतिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै पुलिसले अन्य दुष्कृतिहरूको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *