डकैती गर्ने योजना बनाइरहेका 6 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले डम्पिङ ग्राउन्ड इलाकाबाट 6 जना बदमासलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा अजय कुमार शर्मा (22), एमडी सलमान (30), एमडी रमजान (19),  छोटन सरकार उर्फ रमेश (19), राहुल मण्डल (24) र चन्दन साहनी (20) सामेल छन्।


पक्रा परेकाहरूमा अजय कुमार शर्मा र छोटन सरकार उर्फ रमेश समर नगर इलाका निवासी हुन् भने मोहम्मद सलमान सालुगढा, मोहम्मद रमजान 42 नम्बर वार्ड निवासी, छोटन मण्डल भानुनगर एवम् चन्दन साहनी प्रकाश नगर इलाका निवासी रहेको बताइएको छ। पक्रा परेका 6 जना आरोपीहरू डकैती गर्ने योजनाले डम्पिङ ग्राउन्ड इलाकामा भेला भएका थिए भने पुलिसले घटनास्थलबाट धेरै सङ्ख्यामा धारिलो हतियार जफत गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *