डकैत गुटका अझ दुईजना दार्जिलिङ मोडबाट पक्राउ

सिलगढी प्रधान नगर थाना पुलिसले सादा पोसाकमा डकैत गुटका दुईजना व्यक्तिलाई दार्जिलिङ मोड़बाट पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले मोहम्मद रिजवान र मोहम्मद मुकसुदिनको रूपमा  चिन्हित गरिएको छ। स्मरण रहोस्, प्रधान नगर थाना पुलिसले सादा पोसाकमा गत 15 दिसम्बरमा देवीडाङ्गा ग्यास गोदाम इलाकाबाट डकैत गुटका 6 जना सदस्य दीपक राय, रोशन लामा, साधिन राय, अजय उराव, सिकाशो उराव और राकेश मण्डललाई पक्राउ गरेको थियो भने अन्य केहीले घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। यसपछि पुलिसले लगातार तिनीहरूको खोजी शुरू गरेपछि गोप्य सूचनाको आधारमा गत राति पुलिसले डकैत गुटको दुईजना सदस्यलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *