डकैत गुटका अझ एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले डकैत गुटको अझै एकजना सदस्यलाई सिलगढीको जङ्क्सनबाट पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति एमडी फिरोजको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले सादा पोसाकमा गत 15 दिम्सबरमा देवीडाङ्गा ग्यास गोदाम नजिक डकैत गुटका 6 जना सदस्यलाई पक्राउ गरेका थिए भने केही बदमाशहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। पुलिसले तिनीहरूको खोजी शुरू गरेपछि गत 19 दिसम्बरमा 2 जना र हिजो अबेर राति सिलगढीको जङ्क्सनबाट अझ एकजना बदमाशलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *