डकैत गुटका अझै 2 जना सदस्य पक्राउ

सिलगढी : आशिघर आउटपोस्ट पुलिसले गत राति डकैत गुटका अझै दुईजना सदस्यलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा अरविन्द साहनी र गोपाल दास सामेल छन्। ती दुईमध्ये अरविन्द साहनी एनजेपी थाना अन्तर्गत पर्ने जाबराभिटा र गोपाल दास साउथ शान्ति नगर इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार गत मंगलबार राति आशिघर आउटपोस्ट अन्तर्गत साहु नदी किनारमा केही दुष्कृतिहरू कुनै अप्रिय घटनालाई अन्जाम दिने उद्देश्य लिएर भेला भएको समय पुलिसले अभियान चलाएर अमृत कर्मकार, सुभोजित घोष र कृष्ण हालदार नाम गरेको तीनजना युवकलाई पक्राउ गरे तापनि अन्यले घटनास्थलबाट सुइँकुच्चा ठेकेका थिए। यसपछि पुलिसले भागेका अन्य दुष्कृतिहरूको खोजी शुरू गरेपछि गत राति आशिघर  आउटपोस्ट पुलिसले अझै दुईजना सदस्यलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes