डकैती गर्न अगावै पक्रा परे 3 जना युवक

सिलगढी (निसं): डकैती गर्ने उद्देश्यले भेला भएका 3 जना युवकलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीहरूको नाम मोहम्मद जावेद, चन्दन मोहन चौधरी र कुनाल सिंह बताइएको छ। प्राप्त जानकारी अनुसार मतिगढा थाना अन्तर्गत चतुर्थ महानन्दा नदीको किनारमा 3 जना युवक चोरी अथवा कुनै अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले भेला भएका थिए। मतिगढा थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर 3 जनालाई पक्राउ गर्नको साथै केही हतियार पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *