डकैती गर्न अगावै 4 जना युवक पक्राउ

नक्सलबारी : डकैती गर्न अगावै पुलिसले नक्सलबारीको टुकुरिया मोडबाट 4 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा शुभम तामाङ (27), विशाल छेत्री (20), सुदीप देवान (30) र शिवम तामाङ (27) सामेल छन् भने तिनीहरू सुकियापोखरीको पोख्रेबुङ निवासी हुन्। प्राप्त जानकारी अनुसार टुकुरिया मोडमा डकैती गर्ने उद्देश्य लिएर केही युवकहरू भेला भएको नक्सलबारी थाना पुलिसले  गोप्य सूचना पाएपछि उक्त इलाकामा अभियान चलाएर 4 जना युवकलाई पक्राउ गर्यो भने अन्य केही युवकहरूले सुइँकुच्चा ठोकेको बताइएको छ। पक्रा परेका युवकहरूबाट पुलिसले 3 वटा रड, 2 वटा छुरी र 1 मार्तोल उद्धार गर्नको साथै एउटा वाहन पनि पुलिसले नियन्त्रणमा लिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *