डकैती गर्न अगावै पक्रा परे 4 जना डकैत

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी पुलिसले फुलबारी-जोटियाकाली इलाकामा अभियान चलाएर डकैत गर्न अगावै धारिलो हतियार सहित 4 जना डकैतलाई पक्राउ गरेको छ। पक्रा परेका 4 जना डकैतलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा मोहम्मद राजाबुल, रोहित राय, शुभङ्कर कर्मकार र कुणाल सिंह सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति उक्त डकैतहरू पेट्रोल पम्प तथा गोदाममा डैकती गर्ने उद्देश्यले जम्मा भएका थिए। गोप्य सूचनाको आधार पुलिसले उक्त इलाकामा अभियान चलाएर 4 जना डकैतलाई पक्राउ गरे तापनि केही भाग्नमा सफल भएको बताइएको छ। पुलिसलि अन्य डकैतहरूको खोजी शुरू गरेको छ। पुलिसले तिनीहरूबाट धारिलो हतियार सहित एउटा पिकअप भ्यान उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *