डकैती गर्न अगावै सिलगढीमा 5 जना बदमास पक्राउ

सिलगढी : सिलगढीको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा गत राति डकैती गर्न अगावै 5 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा संगम साइबो उर्फ सागर (22), विनोद भगत उर्फ कालू (28), सन्तोष साहनी (28), देव राय (19),बिक्रम साइबो (30) सामेल छन्। पक्रा पर्नेहरू सबै जनालाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार प्रधान नगर थाना इलाकामा डकैती गर्ने योजनाले केही बदमासहरू भेला भएको पुलिसले जानकारी पाएपछि सादा पोशाकमा अभियान चलाएर अदम सिंह नगर इलाकाको एल्युमीनियम फ्याक्ट्री छेउबाट 5 जना बदमासलाई पक्राउ गरे। पुलिसले तिनीहरूबाट रड, सावल, चक्कु साथै धारिलो हथियारहरू पनि उद्धार गरेको छ। पुलिसले मामलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *