डकैती गर्न भेला भएका 7 जना युवक पक्राउ

सिलगढी : डकैती गर्ने उद्देश्यले भेला भएका सातजना युवकलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू सिलगढीको विभिन्न थाना अन्तर्गत इलाका निवासी क्रमैले सैनिक नन्दी (20), रञ्जन साहनी उर्फ राजेन (22), सुबोध बर्मन उर्फ ​​सुभजीत (25), जगेन्द्रनाथ बर्मन (29), सुमित दास उर्फ ​​नेपो (27), मोहम्मद अली राजा (23) र शुभम मण्डल (25) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका 7 जना युवक चोरी अथवा कुनै ठुलो घटनालाई अन्जाम दिने उद्देश्यले भेला भएका थिए। पुलिसले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *