डकैती गर्न भेला भएका अझ 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले डकैती गर्ने उद्देश्यले भेला भएका अझ दुईजना दुष्कृतिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले बाबलु विश्वास र बाबलु रायको रूपमा सामेल छन्। स्मरण रहोस्, गत 10 जुनमा मादानी बजार संलग्न इलाकामा डकैती गर्ने उद्देश्य लिएर 10-12 जना दुष्कृतिहरू भेला भएका थिए। त्यस समय गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर 3 जनालाई पक्राउ गरे तापनि अन्य दुष्कृतिहरूले त्यहाँबाट चम्पट कसेका थिए। पक्रा परेकाहरूसित सोधखोज गरेर पुलिसले गत अबेर राति गोरामोडमा अभियान चलाएर अझै 2 जना दुष्कृतिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *