डकैती गर्ने उद्देश्यले भेला भएका 2 दुष्कृति पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले डकैती गर्ने उद्देश्य लिएर भेला भएका 2 जना दुष्कृतिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोड बजार निवासी कमल बर्मन र बाँसबारी इलाका निवासी सञ्जय मण्डल सामेल छन्। प्राप्त जानकारीअनुसार गत 28 मईमा डकैती गर्ने उद्देश्य लिएर 10-12 जना दुष्कृतिहरू फुलबारीमा भेला भएको गोप्य सुइँको पाएपछि एनजेपी थाना पुलिसले अभियान चलाएर एउटा देशी पिस्तोल, एक राउण्ड कार्तुस सहित 4 जनालाई पक्राउ गरेको थियो भने अन्य केही दुष्कृतिहरू भाग्नमा सफल भएका थिए। यसपछि पुलिसले पक्रा परेका आरोपीहरूसित सोधखोज गरेर गत 8 जुनमा अझै एकजनालाई पक्राउ गरेको थियो। पुलिसले अन्य दुष्कृतिहरूको खोजी जारी राखेका थिए भने गत राति सिलगढीको मादानी बजार इलाकाबाट अझै 2 जनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुई आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *